धनगडी । राना थारु समुदायको खख्डेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने जानकारी दिएको छ ।

पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको जानकारी दिएको छ

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी दिइएको छ ।

यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ ।

कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खख्डेहरा मनाउँने गर्छन।

राजनीतिक, आर्थिक तथा शैक्षिक समाचारको प्रमुुख केन्द्र https://tipotnepal.com/ मा तपाईलाई स्वागत छ । सम्पूर्ण पाठक, दर्शक, लेखक, शुभचिन्तक तथा विज्ञापनदाताहरु प्रति हामी आभारी छौं । कुुनै सुुचना भए हामीलाई सम्पर्क गर्नुुहोला ।

error: Content is protected !!